एसियन कप छनोट खेल्ने यू–१७ फुटबल टोलीको बिदाई

लोकपथ
39
Shares

काठमाडौं । भियतनाममा हुने एएफसी यू–१७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ ।

एन्फा मुख्यालय सातदोबाटोमा शनिवार बिहान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र नवनियुक्त कार्यसमिति सदस्य रुपेश अधिकारीले युवा टिमलाई बिदाई गरे ।

यसअघि नै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले गत महिना श्रीलंकामा सम्पन्न साफ यू–१७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरेका छन् ।

यसअघि टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसीय यू–१७ एसियन कप छनोटका लागि घोषित टिममा स्थान बनाउन सकेनन् ।

टोलीमा श्रेयान्स मानन्धर र राम थापाले स्थान बनाउँदा अन्य २१ खेलाडी भने यथावत छन् । ५ अक्टोबरदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन् ।

नेपालले ५ अक्टोबरमा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । ७ अक्टोबरमा हुने दोस्रो खेलमा नेपालले घरेलु टिम भियतनामको सामना गर्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले ९ अक्टोबरमा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।

नेपाली टिममा तीन गोलकिपर कृशल मोक्तान, समिर चन्द, रुवेन बोगटी रहेका छन् । त्यस्तै, रक्षक अश्विन घोरासैनी, सेमन्ता थापा, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, श्रेयान्स मानन्धर, धिरज विश्वकर्मा, राम थापा रहेका छन् ।
मिडफिल्डरमा प्रशान्त लक्षम, सरोज दर्लामी, हरिसराज भट्ट, लछु थापा, युनेस बुढाथोकी छन् । यस्तै, फरवार्डमा निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?