रवीन्द्र मिश्र भन्छन्- ‘गरेरै छाड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’

लोकपथ
130
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको राजनीति र समाजलाई ठिक र रुपान्तरणकारी दिशामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेता मिश्रले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगको तस्बिर सार्वजनिक गर्दै परिवर्तन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले यी फोटो प्रेषित गर्न पाएको थिइन! जुन उत्साहका साथ हामी जोडिएका छौँ र जुन न्यानोपनका साथ त्यस दिन सभागृहको भरिभराउ हलमा हामीलाई स्वागत गर्नुभयो – त्यसबाट नेपालको राजनीति र समाजलाई ठिक र रूपान्तरणकारी दिशामा ल्याउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो! #VoteForHalo, #विचारभन्दामाथिदेश

बुधबार राप्रपामा प्रवेश गरेका मिश्रले शुक्रबार काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी घोषणा गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?