२१ मङ्सिर २०७९, बुधबार

सलमानका डुप्लिकेट डबल सागरको निधन

२०७९,आश्विन,१५,शनिवार ११:१६

252
Shares

काठमाडौं । बलिउड अभिनेता सलमान खानका डुप्लिकेट तथा उनका बडी डबल सागर सलमान पाण्डेको निधन भएको छ । ्

सागरको निधन जिम वर्कआउटको समयमा भएको थियो । सागर अन्दाजी ५० वर्षका थिए ।

उनी सन् १९९९ देखि सलमानको फिल्ममा उनको बडी डबल बन्दै आएका थिए । उनले आफ्नो करियरको सुरुवात फिल्म ‘कुछ कुछ होता हे’बाट गरेका थिए । यसपछि उनले ५० बढी फिल्ममा काम गरिसकेका थिए ।

सागरको निधनको पुष्टि सलमानका अर्का बडी डबल शान्तनु घोषले गरेका छन् । शान्तनुका अनुसार सागरलाई तुरुन्तै मुम्बईको जोगेश्वरी इस्टस्थित हिन्दी हृदय सम्राट बालासाहेक ठाकरे ट्रमा केयर मुन्सिपल अस्पतालमा लगिएको थियो । अस्पताल पुग्नासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

सागर सलमानजस्तै अविवाहित थिए । सागरका पाँच भाई थिए र सबैको खर्च उनले नै व्यहोर्थे । उनले ‘बजरंगी भाईजान’, ‘ट्यूबलाइट’, ‘दबंग’, ‘दबंग द्द’ जस्ता फिल्ममा सलमानको बडी डबलको भुमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार ११:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया

काठमाडौं । स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा हनी हन्टिङसहित आयोजना गरेको स्पार्क ‘एड्भेन्चर’ कार्यक्रममा अभिनेता राजेश हमालसहित २ सय जना

काठमाडौं । नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले यही मंसिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन् ।

ताजा समाचार