२१ मङ्सिर २०७९, बुधबार

दशैँमा झिलिमिलि काठमाडौंका बजार (फोटोफिचर)

२०७९,आश्विन,१५,शनिवार ११:१८

126
Shares

काठमाडौं । देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दशैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिलि बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ । बजारमा डमी पिड,लटाईले सझिइएको छ ।

साँझपख सडकमा घुम्दा दिपावलीको झल्को दिनेगरि बजारमा झिलिमिलि बत्ती बालिएको छ । आकर्षक बनाएर प्रतिष्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यावसाय प्रतिष्ठानलाई सझाएका हुन् ।

दशैँ लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसझाउ देख्न सकिन्छ । काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दशैँका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ ।

उपत्यकाबाट दशैँ मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दशैँ मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो । अर्कातिर यही बेला विदेशबाट दशैँ मनाउन आउनेहरू पनि छन् । उनका अनुसार नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दशैँ पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ ।

आजको फोटो फिचरमा दशैँमा झिलिमिलि काठमाडौंका बजार :

 

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार ११:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको महाभियोग निष्क्रियको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

संघीय संसदका महासचिव भरतराज गौतमले बुधबार गरेको एउटा निर्णयले राजनीतिक र कानूनी क्षेत्रमा खैलाबैला मच्चाएको छ । गौतमले गरेको विवादास्पद

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लागेको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्नु राज्यका निकायको दुरुपयोग भएको नेपाल बार एशोसिएसन अध्यक्ष

ताजा समाचार