सुकीका अष्ट्रेलियाली सल्लाहकारलाई म्यानमारमा तीन वर्षको जेल सजाय

लोकपथ
52
Shares

काठमाडौं । म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका पूर्व सल्लाहकार तथा अष्ट्रेलियाका एक प्राध्यापकलाई सैन्य अधिकारीले तीन वर्षको जेल सजाय सुनाएको छ ।

जुन्ताले सुकीलाई गिरफ्तार गरेको र उनको निर्वाचित सरकारलाई कुद्वारा अपदस्थ गरेको केहीदिन पछि सियान टर्नेललाई फेब्रुवरी २०२१ मा यांगुनमा हिरासतमा राखिएको थियो ।

सुकीसँगै उनलाई आधिकारिक गोप्य ऐन उल्लंघन गरेको आरोप लगाइएको छ । दुबै जनाले उक्त आरोप अस्विकार गरेका छन् । अधिकारवादी समूहहरूले आलोचना गरेको गर्दै आएको उक्त मुद्दामा उनीहरूलाई बिहीबार सजाय सुनाइएको हो । अष्ट्रेलियाले पनि अदालतको निर्णयलाई अस्वीकार गरेको जनाएको छ ।

‘अष्ट्रेलिया सरकारले म्यानमारको सैन्य शासनद्वारा अन्यायपूर्ण रूपमा हिरासतमा राखेको १९ महिनाभन्दा बढी अवधिमा प्राध्यापक टर्नेलविरुद्ध लगाइएको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ ’, अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले भने, ‘हामी प्रोफेसर टर्नेललाई अष्ट्रेलियामा आफ्नो परिवारमा नफर्केसम्म कडा रूपमा वकालत गर्ने हरेक अवसरलाई निरन्तरता दिनेछौं । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?