सल्यानमा जीप दुर्घटना : २ जनाको मृत्यु, १७ जना घाइते

लोकपथ
130
Shares

काठमाडौं । सल्यानमा जीप दुर्घटना भएको छ । खैराबाङ मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मान बहादुर पुन र १४ वर्षीया एनका पुन रहेका छन् ।

जीप उकालोमा ब्याक गर्ने क्रममा सडक भन्दा करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?