शक्तिपिठमा भक्तजनको घुँइचो (फोटोफिचर)

लोकपथ
169
Shares

काठमाडौं । आज नवरात्रको छैटौँ दिन ।

आज देशभरका शक्तिपिठहरूमा नवदुर्गाको छैटौँ स्वरुप कात्यायनी देवीको पूजा आराधना गरिँदैछ ।

नवदुर्गामा शनिबार काठमाडौंको भद्रकालीस्थित मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?