१५ मङ्सिर २०७९, बिहीवार

बैंकको ब्याज महंगिएपछि पोखराका व्यवसायी मर्कामा

२०७९,आश्विन,१५,शनिवार १०:२५

9
Shares

पोखरा । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् ।

व्यवसाय नै धान्न नसक्ने अवस्था आएको भन्दै उनीहरुले व्याजदर १ अंकमा झार्न आग्रह गरे ।

होटल संघ, पोखरा पर्यटन परिषद्, ओटेफ लगायतका संघ संस्थाले विज्ञप्ती नै निकालेर बैंकको ब्याजदर घटाइदिन आग्रह गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघले पनि ब्याजदर नघटाए व्यवसाय विस्थापित हुने चेतावनी दिएको छ ।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले थलिएको पर्यटन व्यवसाय लयमा फर्किन अझै लामो समय लाग्ने भएकोले व्याजदर बढाएर पीडा नदिन आग्रह गरेका छन् । ‘हामी उठ्न सकेकै छैनौं । कमाएपछि तिरिहाल्छौं । राज्यलाई कर तिरिरहेका छौं,’ उनले भने, ‘यस्तो समयमा ब्याजदर बढाउने हो भने अधिकांश व्यवसायी सटर बन्द गरेर हिड्नुपर्छ ।’

व्यवसायलाई पलायन हुनबाट जोगाउन सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने पोखरा उद्योग वाणिज्य संघको माग छ । व्यवसायीलाई सहुलियत रूपमा ऋण प्रवाह गर्ने नीति ल्याउन संघका अध्यक्ष पवनकुमार प्रजापतिले आग्रह गरे ।

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार १०:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ९८ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन निर्देशन दिएको छ । राष्ट्र बैंक अन्र्तगतको भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा एक अर्ब ५३ करोड १५ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२