लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई कर्णलीकाे पनि जिम्मेवारी

लोकपथ
247
Shares

काठमाडाैं । कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडा भ्रमणमा जाने भएका छन् ।

क्यानडाको ओटावामा असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाई तोकेकी छन् ।

राष्ट्रपति कार्यालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शेरचनलाई तोकिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?