सानिमा बैंकले गर्यो ठिमी र कपन शाखा विस्तार

लोकपथ
78
Shares

काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रवार (आज) ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाहरुको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यज्यू (मह जोडी) तथा बैंकका सञ्चालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन् समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय २९ कार्यालयहरु र १ सय २० वटा एटीएम सञ्जालहरु सञ्चालनमा रहेको बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्याले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?