यी हुन् आजका टप फिप्टिन समाचार (भिडियाेसहित)

लोकपथ
39
Shares

१. आज दसैँको पाचाैँ दिन, देशभरका विभिन्न शक्तिपिठहरुमा नवदुर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजा आराधना गरि मनाइयो ।

२. निर्वाचनको मिति नजिकिए पनि ५ दलीय सत्ता गठबन्धनले अझै टुंग्याउन सकेन सिटको बाँडफाँड, सबैभन्दा धेरै असन्तुष्ट जसपा, सम्मानजनक स्थान नभए गठबन्धन तोड्ने बारम्बार चेतावनी ।

३. अबको १० वर्ष भन्दा बढी सक्रिय राजनीति नगर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको उद्घोष, पार्टीभित्र केही व्यक्तिको मात्र हालिमुहाली चलेको भन्दै विद्रोह गर्नुपर्ने बेला आएको टिप्पणी ।

४. वर्तमान गठबन्धन सरकारको कुनै गन्तव्य र उदेश्य नरहेको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आरोप, राष्ट्रिय राजनीति दुई धु्रवमा विभाजित भएको भन्दै आगामी निर्वाचनमा जनताले राम्रो पार्टीलाई जिताउने विश्वास ।

५. प्राकृतिक सम्पदाको दोहन हुँदा समेत राज्यसंयन्त्र मौन रहेको भन्दै पूर्व राष्ट्रपति रामवरण यादवको दुखेसो, प्राकृतिक विपत्ति रोक्नका लागि चुरे लगायत पहाडको दोहन रोक्नुपर्नेमा जोड ।

६. राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गरे काठमाडौंको क्षेत्र नं १ बाट उम्मेदवारी घोषणा, हिन्दु राष्ट्र र राज संस्थालाई मुख्य एजेण्डा बनाउने ।

७. चाडपर्व नजिकिएसँगै बजारमा खाद्यानको मूल्यमा उच्च वृद्धि, सर्वसाधारण मर्कामा, बजार अनुगमन फितलो ।

८. पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले दिए दसैँको शुभकामना, नेपाल विदेशीको क्रिडास्थल भएको भन्दै चिन्ता व्यक्त, वर्तमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देश नै दाउमा लाग्ने अवस्था आएको आरोप ।

९. निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगद्वारा प्रेस अफिसको स्थापना, आगामी निर्वाचनमा सामाजिक सञ्जाल र डिजिटल मिडियाको व्यापक रुपमा अनुगन गर्ने तयारी ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि, १०३ जना कोरोना संक्रमणमुक्त, संक्रकितको संख्यामा कमि आउँदा सक्रिय संक्रमितको संख्या १ हजारमा आइपुगे ।

११. दसैँ नजिकिएसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पनि, साताभर नेप्सेमा सुधारको संकेत, दसैँ अघि १ हजार ८ सय ५३ दशमलव ७६ अंकमा रोकियो बजार ।

१२. अफगानिस्तानको राजधानी काबुलको एक शैक्षिक केन्द्रमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु, परीक्षा दिइरहेका बेला विस्फोट भएकाले सयौँको संख्यामा हताहत भएको आकलन ।

१३. युक्रेनको भू-भागमा रुसले गरेको दाबीलाई अमेरीकाले मान्यता नदिने, रुसले गरेको जनमत संग्रह झुटो भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको दाबी ।

१४. नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक, पोखरा क्रिकेट रंगशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ बाट कात्तिक १ गतेसम्म हुने ।

१५. आईसीसीले गर्यो टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले पाउने पुरस्कार रकमको घोषणा, विजेताले १६ लाख र उपविजेताले ८ लाख अमेरिकी डलर पाउने, विश्वकपमा कुल ५६ लाख अमेरिकी डलर पुरस्कार प्रदान गरिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?