कामना सेवा विकास बैंकद्वारा मैतिदेवी मन्दिरलाई सरसफाई सामाग्री सहयोग

लोकपथ
52
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय कार्यालयमार्फत काठमाडौंको मैतिदेवी स्थित मैतिदेवी मन्दिरलाई शुक्रवार (आज) सरसफाई सम्बन्धी विभिन्नसामाग्रीहरु हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा अध्यक्ष तथा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य दल बहादुर कार्कीलाई उक्त सरसफाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन । साथै, बैंकले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले डिजिटल माध्यममार्फत सहज तरिकाले मन्दिरलाई दान प्रदान गर्न सकुन भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा डिजिटल डोनेसन बक्स समेत राखेको छ ।

कार्यक्रममा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य रमेश खड्गी तथा अन्य सदस्यहरु, स्थानीय व्यक्तिहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । योसँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले प्रतिबद्धता जाहेर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?