नेपाल लाइफको कल सेन्टर दसैँको बिदामा पनि सञ्चालनमा रहने

लोकपथ
26
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँको बिदाको समयमा पनि जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । इन्स्योरेन्सले आफ्नो कल सेन्टर दसैँको बिदाको अवधि (दसैँको टीकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन गर्नेछ ।

ग्राहकहरुले कम्पनीको कल सेन्टरमा कल, इमेल, ह्वाट्स एप, भाईबरमार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ता गराउन सक्ने छन् । यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ ।

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १ सय ८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?