नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : खेलकुदमन्त्री गहतराज

लोकपथ
52
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन् । शुक्रवार संगीतकार संघ नेपालले आयोजना गरेको श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए हुन् ।

कला, साहित्य र संगीतको क्षेत्रमा काम गर्नेहरुलाई डिग्री दिनका लागि सांस्कृतिक विश्वविद्यालय आवश्यक रहेको उनले बताए । मन्त्री गहतराजले विषयगत शिक्षा दिनुपर्ने बताए । उनले आफूले खेल क्षेत्रलाई पनि शिक्षाको रुपमा अगाडि बढाउन पहल गरेको भन्दै उनले खेलकुद विश्वविद्यालय स्थापनाको लागि पनि छलफल सुरु गरेको बताए ।

मन्त्री गहतराजले नेपालको सांगीतिक क्षेत्रले नेपालको राजनीतिक प्रक्रियाहरुमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?