एनआईसी एशिया बैंकका ग्राहकलाई भाट–भटेनीमा आकर्षक छुट

लोकपथ
78
Shares

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट–भटेनी सुपरमार्केटमा डेबिट, क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग (एनआईसी एशिया मोबैंक) एपबाट (स्मार्ट क्यूआर) स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट पाउँने भएका छन् ।

बैंकले नेपालीहरूको महान चाड दसैँ, तिहार, छठलगायतका पर्वको अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न २०७९ आश्विन १ गते देखि २०७९ कात्र्तिक १५ सम्म भाट–भटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद डिजिटल भुक्तानी गर्ने ग्राहकहरूलाई उक्त आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकले यस अघि सार्वजनिक गरेको ‘दशैं–तिहार महोत्सव’ योजनामा पनि भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा मात्र) लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ ।

जसअनुसार २०७९ कात्र्तिक १५ सम्म सेल्सबेरी, बिगमार्ट र साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत (पीओस) तथा (एनआईसी एशिया मोबैंक) मार्फत (क्यूआर) भुक्तानी गर्दा १० प्रतिशत वा ३ सय रुपैयाँसम्म क्यासब्याक तथा छुट उपलब्ध रहेको छ । त्यसबाहेक उक्त योजनामा विभिन्न ब्राण्डबाट अनलाईन सामग्री खरिद गरी ई–कमर्श भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुटको प्रबन्ध मिलाइएको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३ सय ५९ शाखा कार्यालयहरू, ४ सय ७३ एटिएम, १ सय २ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?