रवीन्द्र मिश्रले गरे काठमाडौं–१ बाट उम्मेदवारी घोषणा

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी मिश्रले पुरानै क्षेत्रबाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

विवेकशील साझा पार्टीका संस्थापक नेता रहेका मिश्र केही दिन अघि मात्रै राप्रपामा प्रवेश गरेका हुन् । वैकल्पिक राजनीतिको वकालत गर्दै आइरहेका मिश्र पछिल्लो समय नेपालमा गणतन्त्र, धर्मनिरीपेक्षताको औचित्य नरहेको बताउँदै आइरहेका छन् ।

मिश्रले यसअघि २०७४ को निर्वाचनमा क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राम्रो टक्कर दिएका थिए । मिश्रले १० हजार १ सय १८ मत प्राप्त गरेका थिए । भने नेपाली कांग्रेसका उम्मेदवार बनेका सिंहले १० हजार ९ सय ३७ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?