माछापुच्छ्रे बैंकको बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा सञ्चालन

लोकपथ
39
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहास्थित कर्जन्हा नगरपालिका वडा नम्बर ३ बन्दिपुरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले शुक्रवार (आज) औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो । उक्त एक्सटेन्सन काउन्टरको कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल एवम् माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डाक्टर विरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गर्नुभएका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो । बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टरसँगै बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ र नयाँ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकल्न तथा भुक्तानी, विप्रेषणलगायतका अन्य बैंकिङ्ग सुविधाहरु प्रदान हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?