कुमारी बैंकद्वारा ७ जना ग्राहकलाई बीमा बापतको रकम हस्तान्तरण

लोकपथ
39
Shares

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकलाई खातामा उपलब्ध बीमा सुविधा बापतको रकम भुक्तानी गरेको छ । उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्ण बहादुर श्रेष्ठ, शान्ती नेपाली, अमृता कुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई क्रमशः ३३ हजार २ सय ५०, ३८ हजार, ३८ हजार, रु ३८ हजार, १७ हजार १ सय, २८ हजार ७७ रुपैयाँ २५ पैसा, र ३८ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

बैंकका शाखा प्रबन्धक दीपकराज पौडेलले एक कार्यक्रमका बीच हस्तान्तरण बीमा बापतको रकम ग्राहकहरुमा हस्तान्तरण गरेका थिए । बैंकले सो बीमा रकम नेको ईन्सुरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । बैंकको उक्त बचत खातामा बीमा सुरक्षण योजना अन्तर्गत २६ लाख रुपैयाँसम्मको सुविधा प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

साथै, यस बचत योजना अनुसार खातावालालाई निःशुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ, र ईन्टरनेट बैंकिङ सेवा उपलब्ध रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?