दसैँको प्रभाव सेयरमा : कस्तो छ साताको बजार ?

लोकपथ
117
Shares

काठमाडौं । यो साता नेप्सेमा नजिकिँदै गरेको चाडपर्वको प्रभाव देखिएको छ । चाडपर्व नजिकिँदै गर्दा बजार परिसुचक उकालो लागेपनि कारोबार रकम भने निरन्तर घटेको छ ।

यस अवधिमा नागरिकको प्राथमिकता सेयर खरिद बिक्रीभन्दा पनि चाडपर्व मनाउनु रहेकाले सेयर किनबेच निकै कम भएको हो । साताको चार दिन मात्र नेप्से खुल्ला रहेकोमा तीन दिन नेप्से बढेको थियो भने दोस्रो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो । पहिलो दिन नेप्से घटेको थियो । सोही आधारमा नेप्से यो साता एक हजार आठ सय ५३ दशमलव ७६ अंकमा चढ्न सफल भएको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६३ दशमलव ४२ अंकमा चढेको छ ।
नेप्से सुचक लगातार बढेपनि यो साता कारोबार रकम घटेको छ । दुुई सय २९ वटा कम्पनीहरुको ६५ हजार सात सय ३१ पटकको कारोबारमा ९२ लाख ८४ हजार एक सय २८ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

सोही खरिद बिक्रीका आधारमा सातामा दुई अर्ब ८५ करोड ३३ लाख नौ हजार चार सय ९३ रुपैयाँको सेयर किनबेच भएको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले कम हो । गत साता भने नेप्सेमा चार अर्ब २० करोड ८४ लाख ५७ हजार सात सय ३१ रुपैयाँको सेयर कारोबार भएको थियो । उक्त साता दुुई सय ३१ वटा कम्पनीहरुको ६७ हजार नौ सय ७८ पटकको कारोबारमा एक करोड ५२ लाख २७ हजार दुई सय ५२ कित्ता सेयर किनबेच भएको आधारमा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

यो साता पहिलो दिन २३ दशमलव ८३ अंकले घटेर एक हजार आठ सय १५ दशमलव १३ अंकमा झरेको नेप्से तेस्रो दिन १५ दशमलव ९२ अंकले बढेर एक हजार आठ सय ३१ दशमलव पाँच अंकमा पुग्न सफल भएको थियो । यसैगरी, चौंथो दिन पनि ६ दशमलव ४१ अंकले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ अंकमा चढेको नेप्से पाँचौं दिन पुनः १६ दशमलव २९ अंकले बढेर १८ सय ५३ दशमलव ७६ अंकमा पुगेको थियो ।

पहिलो दिन तीन दशमलव ८३ अंकले घटेर तीन सय ५५ दशमलव ६० अंकमा झरेको सेन्सिटिभ इन्डेक्स तेस्रो दिन दुई दशमलव ५४ अंकले बढेर तीन सय ५८ दशमलव १४ अंकमा पुग्न सफल भएको थियो । चौंथो दिन पनि एक दशमलव ४५ अंकले बढेर तीन सय ५९ दशमलव ५९ अंकमा चढेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पुन तीन दशमलव ८३ अंकले बढेर तीन सय ६३ दशमलव ४२ अंकमा पुगेको थियो ।

यो साता नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएको छ भने नेपाल टेलिकम, नबिल बैंक, नेशनल हाईड्रो पावर कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । यसैगरी, बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक सेयर कारोबार (संख्या र रुपैयाँमा) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?