चाडपर्वको अवसरमा कीर्तिपुरको चोभारमा लोपोन्मुख लिङ्गे पिङ्ग बजार सञ्चालन

लोकपथ
39
Shares

काठमाडौं । ‘वर्षमा एक दिन धर्ती छाड्नुपर्छ’ भन्ने पुरातन मान्यताले पनि धेरैलाई दसैँमा लिङ्गे पिङ खेल्न प्रेरित गदर्छ । विशेष गरी दसैँमा पिङको महत्व छुट्टै रहेको पाइन्छ ।

दसैँमा खेलिने लिङ्गे पिङको महत्वलाई आत्मसात गर्दै नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले यस पालिको दसैँको सुअवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको कीर्तिपुर स्थित हुपील्याण्ड नजिकै कीर्तिपुर नगरपालिका वडा नम्बर ६ को वडा समिति, चोभार विकास समिति, आमा समूह चोभार तथा श्री अदितिनाथ सामुदायिक वन उपभोक्ता समिति चोभारको सहकार्यमा असोज १२ गतेदेखि छठपर्वसम्मको लागि एघारवटा लिङ्गे पिङसहित पिङ्ग बजार सञ्चालन गरेको छ । जहाँ सर्वसाधारणले घोडचढीको पनि निःशुल्क मनोरञ्जन लिन सक्नेछन् ।

बिजबजारले बडादसैँलाई लक्षित गर्दै हाम्रो परम्परासँग जोडिएको पिङ खेल्ने प्रचलनलाई निरन्तरता दिन र सर्वसाधारणलाई दसैँमा मनोरञ्जन प्राप्त होस् भन्ने उद्देश्यले पिङ बजार सञ्चालन गरेको जनाएको छ । साथै, बिजबजारले सो अवधिमा त्यो ठाउँमा पार्किङ गर्ने सर्वसाधारणको लागि १०० रुपैयाँको भौचर कोडको पनि व्यवस्था गरेको छ जसको प्रयोग गरेर सेवाग्राहीले बिजबजारमार्फत सामान खरिद गर्दा १०० रुपैयाँ बराबरको छुट प्राप्त गर्न सक्नेछन् ।

लिङ्गे पिङको महत्व दसैँसँग अभिन्न रूपमा जोडिएको छ । पिङको मज्जा लिन बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धाहरू समेत पछि पर्दैनन् । दसैँमा रमाउने बहाना मध्ये पिङ एक उत्कृष्ट तरिका पनि हो । दसैँमा हामी विभिन्न प्रकारका खानेकुराहरू खान्छौँ अझ विशेष गरी मासुजन्य परिकार, यसरी दसैँको बेला बढी खानेकुरा खाइने भएकाले उक्त खानेकुरा पचाउनको लागि पनि पिङ खेल्ने गरिएको कतिपयले तर्क गर्दछन् । पिङ मच्याउनका लागि उठ्ने र बस्ने गरिन्छ, यस क्रममा हाम्रो पेटको राम्रो व्यायाम हुन पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?