२१ मङ्सिर २०७९, बुधबार

पठाओको दसैँ महोत्सवमा आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

२०७९,आश्विन,१४,शुक्रवार ११:२०

36
Shares

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘दसैँ महोत्सव २०७९’ अन्तर्गत दुई जनाले लक्की ड्र मार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन् ।

पठाओ राइडर, फुडम्यान र क्याप्टेन सबैका लागि गरिएको बम्पर उपहारमा आदित्य मोक्तानले पल्सर २२० र तारापति बिसीले डिस्कभर १२५ मोटरसाइकल जितेका छन् । मोक्तान र बिसि दुबैजना राइडर हुन् । राइडर, क्याप्टेन र फुडम्यानमध्ये पठाओले ‘लक्की ड्र’ मार्फत दुई जनालाई छनोट गरेको हो । पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै महोत्सव आयोजना गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

उपहार हस्तान्तरण कार्यक्रममा बोल्दै पठाओ राइडर र डेलिभरीम्यानले इएआईमार्फत बजाजको कुनै पनि बाइक किन्दा ६ हजार क्यासब्याक पाउने बजाज नेपालका हेड अफ सेल्स बासु श्रेष्ठले जानकारी दिए । भदौ २३ गतेदेखि असोज १२ गतेसम्म महोत्सव आयोजना गरिएको महोत्सवअन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने ९ जना राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट तीन सातासम्म हरेक हप्ता टिभी, रेफ्रिजरेटर जितेका छन् ।

पहिलो साता राइडर राजु गुरुङ, क्याप्टेन प्रेमबहादुर बराम र फुडम्यान सुकलाल स्याङ्तानले ३२ इन्चको स्मार्ट टेलिभिजन, दोस्रो साताका विजेता राइडर बुद्धवीर तामाङ, क्याप्टेन सुनिलकुमार चौधरी र फुडम्यान सुर्यबहादुर श्रेष्ठले सामसुङको फ्रिज जितेका छन् ।

त्यस्तै, तेस्रो साताको विजेता अन्तर्गत ३२ इन्चको स्मार्ट टेलिभिजन राइडर सन्जय श्रेष्ठ, क्याप्टेन सोनाम श्रेष्ठ र फुडम्यान गोविन्द माझीले प्राप्त गरेका छन् । पठाओको दसैँ महोत्सवमा अन्तर्गत तीन सातामा ९ जना र बम्पर पुरस्कारमा २ जना गरि कुल ११ जना विजेता बनेका छन् ।

प्रकाशित मिति: २०७९,आश्विन,१४,शुक्रवार ११:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा पछिल्लो समय चारपाङ्ग्रे सवारीप्रतिको क्रेज बढ्दो छ । यद्यपि, जेठदेखि सरकारले नयाँ गाडीको आयातमा प्रतिबन्ध लगाएसँगै गाडी बजार यतिबेला

काठमाडौं । धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्तिका लागि पहल गर्नुपर्नेलगायत विभिन्न सातबुँदे माग सरकारसँग राखिएको छ ।

काठमाडौं । जाडो महिनासँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका

पाल्पा । रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो ।

ताजा समाचार