गगन थापा अबको १० वर्ष मात्र राजनीतिमा सक्रिय रहने

लोकपथ
364
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी १० वर्षमात्र सक्रिय राजनीति गर्ने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंको चावहिलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सो कुरा बताएका हुन् ।

अबको १० वर्षमा आफू ५५ वर्षको हुने र त्यसपछि सक्रिय राजनीतिबाट बिदा लिएर आराम गर्ने बताए ।
‘मसँग जम्मा १० वर्ष छ, सक्रिय राजनीति गर्ने १० वर्ष हो । त्यसपछि सक्रिय राजनीति गर्दिनँ’ महामन्त्री थापाले भने, ‘दुईवटा राम्रो काम गर्न सके पुग्छ । सबै कार्यकर्तालाई निराश पार्दिनँ । ५५ वर्षसम्म मात्र सक्रिय राजनीति गर्छु । म निराश बनाउदिनँ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले पार्टीभित्र विद्रोह गर्नुपर्ने अवस्था आएको स्पष्ट पारेका छन् । पार्टीभित्र एक पक्षले अर्को पक्षलाई अन्याय गरेको बताउँदै त्यसलाई परास्त गर्न विद्रोह गर्न आवश्यक रहेको औँल्याए ।

‘अहिले पार्टीभित्र सुदृढीकरण गर्नुपर्ने, विरोध र विद्रोह गर्नुपर्ने अवस्था आएको छ । पार्टीभित्र असन्तुष्टि छ, न्याय र सन्तुलन भएन भन्ने छ । यसका लागि पार्टीभित्र नयाँ संघर्ष गर्नुपर्ने बोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?