एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता

लोकपथ
26
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौतामार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालिमा भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १ सय ५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १ सय ३७ एटिएम सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?