१५ मङ्सिर २०७९, बिहीवार

इन्टरनेट सेवा प्रदायकलाई किन दियो प्राधिकरणले कारबाहीको चेतावनी

२०७९,आश्विन,१४,शुक्रवार ०७:०६

45
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटसहितका दूरसञ्चार सेवा दिने प्रदायकहरुलाई कारबाहीको चेतावनी दिएको छ । इन्टरनेट सेवा बाहेक अन्य सेवाहरु सञ्चालन गर्ने क्रममा इन्टरसेट सेवा, आईपीटीभी सेवा र अप्टिकल नेटवर्क युनिट तथा राउटरहरुका प्याकेज बनाइ केही सेवा निःशुल्क समेत प्रदान गर्नेगरी बण्डलिङ गरी प्रचार प्रसार गरेको पाइएको भन्दै प्राधिकरणले कारबाहीको चेतावनी दिएको हो ।

प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा यसले स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्ने र जसका कारणबाट क्रस सब्सिडिटी समेत हुने भएकाले यस्तो कार्य नगर्न भनिएको छ ।

ऐनअनुसार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनैपनि कार्य गर्न नपाइने उल्लेख छ । साथै कुनै पनि अनुपतिप्राप्त व्यक्तिलाई एक सेवाबाट प्राप्त आय क्रस सब्सिडिटीको रुपमा अर्को सेवामा प्रष्योग गर्न समेत निषेध गरेको छ ।

प्रधिकरणले भनेको छ, ‘विद्यमान कानुनी व्यवस्थाविपरीत गैरकानुनी रुपमा बण्डलिङ गरी सेवा सञ्चालन गरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही गरिने सम्बन्धित सबैमा अवगत गराइन्छ ।’

 

प्रकाशित मिति: २०७९,आश्विन,१४,शुक्रवार ०७:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ९८ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन निर्देशन दिएको छ । राष्ट्र बैंक अन्र्तगतको भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा एक अर्ब ५३ करोड १५ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ

ताजा समाचार

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न
 २०७९,मङ्सिर,१५,बिहीवार १३:०६
बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७