सालकको खपटासहित काठमाडौंबाट दुई जना पक्राउ

लोकपथ
78
Shares

काठमाडौं । प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गालञ्जोर गाउँपालिका–४ का ५५ वर्षीय यमबहादुर कामी र फिक्कल गाउँपालिका–४ का २८ वर्षीय रत्नबहादुर मगर रहेका छन् ।

गोप्य सूचनाको आधारमा बिहीवार दिउँसो खटिएको सिआइबीको टोलीले साढे दुई केजी सालकको खपटासहित उनीहरूलाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?