भिडियाेमा हेर्नुहाेस् आज दिनभरका मुख्य १५ समाचार

लोकपथ
117
Shares

१ आज नवरात्रको चौथो दिन, शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीक कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइयो ।

२. माफी नमागेसम्म १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुलाई टिकट नदिने ओलीको अडान, फेरि पनि पार्टीलाई धोका दिने सम्भावना कायमै रहेकाले आत्मआलोचना आवश्यक रहेको भनाइ ।

३. टिकट वितरणमा विभेद भए विद्रोह गर्ने नेपाली कांग्रेसको शेखर पक्षको चेतावनी, गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भएपनि पार्टी भित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने भनाइ ।

४. पैदलयात्रीको अधिकार स्थापित गराउन महानगर प्रतिबद्ध रहेको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको भनाइ, सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार भएकाले फुटपाथ व्यापारीलाई प्रोत्साहान नगरिने स्पष्ट ।

५. दसैँ लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या बढ्दो, दैनिक औसतमा एक लाख यात्रुले काठमाडौं छाडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा जानकारी ।

६. राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने, इच्छुक सर्वसाधारणले दशमीको दिन शीतल निवासमा ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट दसैँको टीका लगाउन सक्ने ।

७. चामल अभाव भएसँगै हुम्लामा चामल बिक्री नै बन्द, चामलका लागि सर्वसाधरण डिपो पुगे पनि रित्तो हात फर्कन बाध्य ।

८. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि भोलि उम्मेदवारी घोषणा गर्दै, काठमाडौं क्षेत्र नं १ बाट प्रतिष्पर्धा गर्ने तयारी ।

९. गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा यसवर्ष सुनको आयात ५० प्रतिशतले घट्यो, दुई महिना करिब ४४ हजार तोला सुन आयात ।

१०. नेपालमा एकैदिन ५४० जनामा डेंगु संक्रमण पुष्टि, २ जनाको मृत्यु, संक्रमित संख्या २८ हजार नाघ्यो ।

११. दसैँ अगाडिको अन्तिम कारोबार आज बिहिबार सेयर बजार बढ्यो, नेप्से परिसूचक १६.२९ अंकको वृद्धि, ६३ करोड २७ लाख बढीको कारोबार ।

१२. अमेरिकाको फ्लोरिडा राज्यमा पछिल्लो केही दशकयताकै शक्तिशाली आँधी, दशौँ लाख मानिस विद्युत सेवाबाट वञ्चित, जनजीवन गम्भीर रूपमा प्रभावित ।

१३. अष्ट्रेलियामा खतरनाक साइबर आक्रमण, अष्ट्रेलियाको दूरसञ्चार कम्पनी अप्टसबाट एक करोड ग्राहकको विवरण चोरी ।

१४. नेपाल खेलकुद पत्रकार मञ्चद्वारा नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईलाई कारबाही गर्न माग, एन्फालाई ध्यानाकर्षण गर्दै पत्र, खेलकुद पत्रकारप्रति आपत्तिजनक प्रस्तुत भएको आरोप ।

१५. नेपाल पुलिस क्लबले गर्यो नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको महिला क्रिकेटका लागि टोली घोषणा, रुबिना क्षेत्रीलाई कप्तानको जिम्मेवारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?