१५ मङ्सिर २०७९, बिहीवार

पहिरोले त्रिशूली-गल्छी सडक खण्ड अवरुद्ध

२०७९,आश्विन,१३,बिहीवार १९:२३

135
Shares

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ठूलो पहिरो खसेका कारण पन्छाउनका लागि समय लाग्‍ने  छ ।

यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे-टोखा सडक खण्ड प्रयोग गर्नुपर्ने अवस्था भएको नुवाकोट प्रहरीका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले  बताए ।

काठमाडौं हुँदै धादिङको गल्छी, मकवापुरको हेटौंडा र चितवन नारायणगढ हुँदै नुवाकोट र रसुवा आउने सवारी बुधसिङघाट पर महादेवफाँटमा रोकिएका छन् । नुवाकोट र रसुवा हुँदै गल्छी जाने गाडी काँशीटारतर्फ रोकिएका छन् ।

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार १९:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन । भरतपुर महागरपालिकाले व्यावसायिक मत्स्य कृषकको लागि विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरले आफ्नो नीति

कावासोती । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको लाखौं रूपैयाँसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।

सोलुखुम्बु । सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका

ताजा समाचार

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी
 २०७९,मङ्सिर,१५,बिहीवार १३:२६
दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न
 २०७९,मङ्सिर,१५,बिहीवार १३:०६
बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३