१५ मङ्सिर २०७९, बिहीवार

नेताहरुलाई माधव नेपालकाे प्रश्न : आफूले अवसर पाउँदा ठिक अरुले पाउँदा बेठिक हुन्छ ?

२०७९,आश्विन,१३,बिहीवार १९:५५

252
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताएका छन् ।

बिहीवार अखिल नेपाल महिला संघ (समाजवादी) ले दशैँ, तिहार लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताएका हुन् । नेपालले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताए ।

उनले नेताहरुले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको पनि बताए । अध्यक्ष नेपालले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरुको मन जित्न सक्नुपर्ने बताउँदै  देशको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बारेमा आफूले सोचिरहेको बताए ।

उनले मानिसहरुमा आफूले पटक–पटक अवसर पाउँदा ठिक ठान्ने र अरुले एकपटक अवसर पाउँदा पनि त्यसलाई सकारात्मक रुपमा नलिने प्रवृत्ति बढेको बताए । आफूले पाएको छैन भने अनुहार अध्यारो हुने र पाएको छ भने छोइनसक्नु हुने उनकाे  टिप्पणी थियाे ।

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार १९:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । उनले ३० हजार ४८३

बाजुरा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका बाजुरामा अझै मतगणना शुरु हुन सकेको छैन । मंसिर ४ मै मतदान सम्पन्न

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले

काठमाडौं । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम टुंगिनै लाग्दा यसपटकको निर्वाचनमा लामो राजनीतिक यात्रा तय

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२
स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:२०
संसद्‍मा महिला र दलितको कमजोर उपस्थिति
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:१३