यस्ताे छ मास्टर सेफ विजेता सन्ताेष साहको दसैंँ विशेष ५ वटा रेसिपी

लोकपथ
104
Shares

काठमाडाैं । विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष साहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ ।

दसैंँमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैंँको लागि अत्यन्तै उपयुक्त रहेको जनाइएके छ ।

कोका–कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुनेछन् ।

यसको साथै उपभोक्ताहरुले आफूले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष साहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्ने कम्पनीले जनाएको छ । यसरी भिडियो राख्ने मध्य ३ जनाले सेफ सन्तोष साहसँग भेट्न सक्नेछन् ।

उक्त सहकार्यको बारेमा बोल्दै सेफ सन्तोष साहले भने, “दसैंँको कुरा गर्नासाथ हाम्रा परम्परागत स्वादिला खानाहरुको पनि कुरा आइहाल्छ । यो वर्ष मैले कोका–कोलासँग मिलेर दसैंँमा खाइने ५ विशेष परिकारहरुको रेसिपी यहाँँहरुलाई दिँदैछु । यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनि थपेको छु । आशा छ, यहाँँहरुले पनि आफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ । यसरी यी परिकारहरु बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमा पनि राख्नुहोला ।”

यस्तै कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टर आदर्श अवस्थीले साहसँग मिलेर दसैंँ विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा कम्पनी उत्साहित रहेको बताए ।

कोका–कोलाले यो वर्षको आफ्नो दसैंँ क्याम्पेनको एउटा भागको रुपमा साहसँग सहकार्य गरेको हो । “सम्बन्ध उत्सव स्वादसँग” थिम राखिएको यो क्याम्पेनले दसैंँको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्वित गरेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?