सानिमा बैंकको दसैँ र तिहारमा विशेष छुटको योजना

लोकपथ
52
Shares

काठमाडौं । नेपालीहरुको महान चाड बडादसैँ र तिहारको अवसरमा, सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्मको छुट दिइने भएको छ ।

बैंकले जारी गरेको छुट योजना अन्र्तगत २०७९ आश्विन १६ देखि २२गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागु हुने गरि छुट योजना सार्वजनिक गरिएको हो ।

योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीनरूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । बैंकको देशका सात वटै प्रदेशमा एक सय २७ वटा कार्यालय तथा एक सय २० वटा एटिएम सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?