दसैँमा राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने

लोकपथ
65
Shares
President Bidya Devi Bhandari signs to enact a bill at the Sheetal Niwas, on Thursday, February 25, 2016. Photo: President’s Office

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको टीका ईच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् । उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादसैँको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनका अनुसार विजया दशमीका दिन १९ असोजमा दिउँसो २ देखि अपरान्ह ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई बडादसैँको टीका लगाइदिने कार्यक्रम तय गरिएको छ ।

टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनुपर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?