१७ मङ्सिर २०७९, शनिवार

दसैँको बन्दअघि नेप्से १६ अंकले बढ्यो

२०७९,आश्विन,१३,बिहीवार १६:५६

36
Shares

काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन बिहीवार पनि बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अंकले बढेर १ हजार ८५३.७६ विन्दुमा पुगेको छ । जीवन बीमाबाहेक सबै समूहको सेयर बढेकोमा माइक्रो फाइनान्स र उत्पादन समूहको सेयर भने उच्च अंकले वृद्धि भएको छ ।

कारोबार रकम पनि बुधवारको तुलनामा सामान्य बढेको छ । बुधवार ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता सेयर ६३ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल इन्स्युरेन्स कर्पोरेसनको प्रमोटर सेयर चार करोड ४८ लाख रुपैयाँमा किनबेच भयो ।

आज अभियान लघुवित्तको सेयर १० प्रतिशत तथा गुराँस लघुवित्त, समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एनआईबीएल ब्यालेन्स फन्डको सेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । साम्लिङ पावर कम्पनीको सेयर भने झन्डै आठ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार १६:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औं साधारण सभा सम्पन्न भएको छ । नेपालको पहिलो एवम् नेतृत्वदायी

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र

आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै बिक्रीदर १३० रुपैयाँ २५ पैसा रहेको नेपाल

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट ५ प्रतिशत लाभाशंं वितरण गर्ने भएको

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८