अटो एक्स्पो दसैँ कार मेला प्रति ग्राहकको आकर्षण बढ्दो

लोकपथ
26
Shares

काठमाडौं । अटो एक्स्पो दसैँ कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधवारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दसैँ लक्षित अटो एक्स्पो सुरु गरेको हो ।

सेकेण्ड ह्याण्ड गाडी किन्न र बेच्न चाहने मानिसहरुले अटो एक्स्पो दसैँ कार मेलामा गएर पुरानो गाडी बेच्ने र नयाँ गाडी खरिद गर्न पाउने सुविधासहित मेला आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकले नेपालमा पहिलो पटक सेकेण्ड ह्याण्ड गाडी खरिद र बिक्री मेलामा मानिसहरुको आकर्षण बढीरहेको बताएको छ ।

क्यास अन ह्वीलका निर्देशक सुवास प्रधानले नेपालमा पहिलोपटक आफूसँग भएको गाडी बेच्न चाहनेहरुलाई एउटै छानामुनि ल्याउने प्रयासमा अटो एक्स्पो आयोजना गरिएको बताए । उनले मेलामा पुरानो गाडीको मूल्य तोकेर बेच्न चाहनेहरुले क्यास अन ह्वील र मेलामा बेच्नसक्ने बताए । उनले मेलाले सेकेण्ड ह्याण्ड गाडी बेच्न चाहने र किन्न चाहनेहरुलाई सहजिकरण गर्ने काम गर्ने बताउँदै मेलामा सय वटा सेकेण्ड ह्याण्ड कारहरु बेच्नको लागि आएको बताएका छन् ।

त्यस्तै, क्यास अन ह्विलका अध्यक्ष मोहन भण्डारीले नेपालमा अटो एक्स्पोहरुमा नयाँ गाडी किन्ने तर पुरानो गाडी के गर्ने भन्ने समस्या बढ्दै गएकाले यो एक्स्पोले अन्योलतालाई चिर्ने बताएका हुन् । उनले पुराना गाडी बेच्न ल्याउने र मूल्य निर्धारण गरेर पुरानो गाडी दिएर नयाँ गाडी लिएर जान पाउने सुविधा रहेको बताए ।

भण्डारीले नेपाली बजारमा अटो व्यवसाय क्षेत्रमा माग बढी रहेकाले यस्ता एक्स्पोहरुको आवश्यक रहेको बताएका हुन् । उनले पुरानो गाडी बेचेर नयाँ गाडी चढ्ने चाहनालाई क्यास अन ह्वीलले पूरा गर्नेपनि बताए । भण्डारीले मेलामा सेकेण्ड ह्याण्ड गाडी र नयाँ गाडीहरुको राम्रो बिक्री भइरहेको भन्दै मेलामा ग्राहकहरुको उल्लेख्य आकर्षण देखिएको बताए ।

मेला १४ गते शुक्रवारसम्म सञ्चालन हुनेछ । मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ । मेलामा प्रवेशका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । शोमा २ सय भन्दाबढी सेकेण्ड ह्याण्ड गाडीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् भने सुजुकी, फोर्सको गुर्खा, क्रसफायरलगायत ब्राण्डका नयाँ सवारीसाधनहरू समेत प्रदर्शित छन् । गाडी किनबेच वा एक्सचेन्ज गर्न अहिलेको जमानामा थुप्रै विकल्प मध्ये क्यान अन ह्विल पनि एक माध्यम बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?