देशभर ५४० जना डेंगुका संक्रमित थपिए, दुई जनाको मृत्यु

लोकपथ
117
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको छ ।

बितेको २४ घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिंदै आएका छन् ।

यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बामगती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ९७५ जना डेंगुका बिरामी भेटिसकेका छन् ।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८२९, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५, कर्णाली प्रदेशमा २३८ र सुदूरपश्चिम प्रदेशमा ८५० जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?