स्थायी तरलता सुविधाको भुक्तानी अवधि सात दिन मात्र

लोकपथ
65
Shares

काठमाडौं । स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयवधि हाल सात दिन मात्र कायम रहेको छ । तर, सात दिन वा सो भन्दाबढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदा पश्चात कार्यालय खुल्ने दिनसम्मको लागि कायम गर्न बाधा पुगेको नमानिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले बिहिवार सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंक खुला बजार कारोबार सम्बन्धी कार्यबिधि २०७८ को परिच्छेद –१५ स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४९ (६) मा संसोधन गर्दे सुरक्षण धितोपत्र कारोबार सम्बन्धी सम्झौता गरी स्थायी तरलता सुविधा उपभोग गर्न योग्य सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्यान्वयनमा आउने गरी व्यवस्था गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

त्यस्तै, तरलता अभाव नियन्त्रणको लागि नेपाल राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गरेको छ । राष्ट्र बैंकले आज बिहिवार तीन बजेसम्म बोलकवोल मार्फत रिपो जारी गरेर ३० अर्ब रुपैयाँ बराबरको लगानीयोग्य रकम बजारमा पठाएको हो ।

रिपो परिपक्व हुने अवधि १४ दिन अर्थात यही असोज २७ गते तोकिएको यो रिपो जारी गर्नुको प्रमुख उद्देश्य नै चाडपर्वको समयमा लामो समयसम्म सार्वजनिक बिदा हुँदा तरलता अभाव बढ्न नपाओस नियन्त्रण रहोस भन्दै यस्तो रिपो जारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?