१७ मङ्सिर २०७९, शनिवार

बीमा क्षेत्रको विकास, विस्तार र पहुँच वृद्धिका लागि समिति तयार

२०७९,आश्विन,१३,बिहीवार १५:४१

45
Shares

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास, विस्तार र बीमामा पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूसँग सहकार्य गर्न बीमा समिति तयार रहेको बताएका छन् ।

विजया दशमी, शुभ दीपावली र छठलगायतका पर्वहरूको उपलक्ष्यमा बीमा समितिले हिजो (असोज १२ गते) ललितपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले समितिले समस्याहरू समाधान गरिसकेपछि पुनः समस्या नदोहोरिने गरीे कम्पनीहरूले काम गर्नुपर्ने बताए । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले बैंकहरूमा मात्र लगानी केन्द्रीत नगरी लगानीका क्षेत्र परिवर्तन गर्नुपर्ने र दीर्घकालीनरूपमा राम्रो प्रतिफल प्राप्त हुने ठूला व्यवसायमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले नागरिकको आवश्यकता र मुलुकको भौगोलिक अवस्था अनुसार बीमालेख ल्याउनुपर्ने र कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नुपर्ने बताए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूले गाउँ गाउँमा पुगेर कृषि तथा पशुपन्छी बीमा, स्वास्थ्य बीमालगायतका बीमा गर्नुपर्ने बताए ।

कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार १५:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औं साधारण सभा सम्पन्न भएको छ । नेपालको पहिलो एवम् नेतृत्वदायी

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र

आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै बिक्रीदर १३० रुपैयाँ २५ पैसा रहेको नेपाल

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट ५ प्रतिशत लाभाशंं वितरण गर्ने भएको

ताजा समाचार

थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८
उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान
 २०७९,मङ्सिर,१६,शुक्रवार २३:०२