विद्यार्थीको नोबेल पुरस्कार ‘हल्ट प्राइज’का लागि पोखरा विश्वविद्यालयमा गठन भयाे आयोजक कमिटी

लोकपथ
520
Shares

कास्की । विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’का लागि पोखरा विश्वविद्यालयमा आयोजक कमिटीकाे गठन भएकाे छ । क्याम्पस डायरेक्टरको भुमिकामा रहेर सुरज राज केशरीले टिमको नेतृत्व गर्नेछन् । उनको साथमा डिप्यूटि क्याम्पस डायरेक्टरको रुपमा रिवाज भूर्तेल र म्यानेजरको रुपमा किशोर पनेरु रहका छन्।

यसै गरी एडमिन सुपरभाइजर, आउटरिच सुपरभाइजर, कम्युनीकेसन सुपरभाइजर, फाइनेन्स सुपरभाइजर, टेक्निकल सुपरभाइजर, ग्राफिक्स सुपरभाइजर, कन्टेन्ट सुपरभाइजर र मिडिया मार्केटिङ्ग कोडिनेटरमा क्रमशः विपना मरासिनी, ज्ञानेन्द्र त्रिपाठी, अभिष्का काफ्ले, अनुजा पौडेल, शास्वत कोइराला, सौगात आचार्य, उनिषा सापकोटा र विज्ञान कार्कीले आफ्नो जिम्मेवारी पुरा गर्नेछन् ।

थप कमिटिमा कलेज रिप्रिजेन्टेटिभ (शास),कलेज रिप्रिजेन्टेटिभ (एसओइ), कलेज रिप्रिजेन्टेटिभ (एसडीएसइ), टेक्निकल एसोसियट, एडमिन एसोसियट,कम्नुकेसन एसोसियट,फाइनेन्स एसोसियट,ग्राफिक्स एसोसियट,आउटरिच एसोसियट र कन्टेन्ट एसोसियटमा क्रमश: उदय सिङ्ग, शङ्कर शाह, सन्देश भूर्तेल, सन्दिल कार्की, अशीम घिमिरे, विकास जङ्ग कुवँर, अविरल पौडेल, विशाल मेहता, ईशा मैनाली र सचिन घिमिरे रहेका छन्।

विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।

२०२३ को हल्ट प्राइज च्यालेन्ज ‘रिडिजाइनिङ्ग फेसन’ रहेको छ। गत वर्ष प्रशान्त भुसालको नेतृत्वमा आयोजना भएको प्रतियोगिता यस पटकको प्रतिस्पर्धालाई केशरिले नेतृत्व गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?