नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

लोकपथ
78
Shares

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोबारलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । बुधवार नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णु प्रसाद सुबेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेपलगायतका अन्य बैंकिङ्ग कारोबार, विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धी बिषयमा सहकार्य हुनेछ । हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुबेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसँग सहकार्य गर्न पाउदा निकैनै गर्वको अनुभूति भैरहेको धारणा व्यक्त गरे ।

उनले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुँदै जाने विश्वाससमेत व्यक्त गरे । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुई संस्थाबीच भएको सम्झौता ले आफू अत्यन्त हर्षित बनेको धारणा राख्दै गोरखापत्रसंस्थान र त्यहाँं कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सरल,सहज र प्रतिपस्पर्धि बैंकिङ्ग सेवा प्रदान गर्दै यो सम्बन्धलाइ आगामी दिनमा थप प्रगाढ बनाउँदै लैजाने प्रतिवद्धतासमेत व्यक्त गरे ।

उक्त समारोहमा नेपाल बैंक लिमिटेड र गोरखापत्रसंस्थानका उच्च व्यवस्थापनका पदाधिकारीहरु लगायत अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?