अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा

लोकपथ
52
Shares
California Senator Kamala Harris speaks during a rally launching her presidential campaign on January 27, 2019 in Oakland, California. (Photo by NOAH BERGER / AFP) (Photo by NOAH BERGER/AFP via Getty Images)

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् ।

अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरपरको पानीमा संयुक्त नौसैनिक अभ्यास गरिरहेका बेला उपराष्ट्रपति ह्यारिस दक्षिण कोरिया पुगेकी हुन् । उनले दुई कोरियाली प्रायद्वीपलाई छुट्टयाउने गैरसैनिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।

उनी केही महिनाअघि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तेष्टिमा सहभागी हुन टोकियो आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?