१५ मङ्सिर २०७९, बिहीवार

राइनासमा दसैँभर खसी र बोकाको मासु प्रतिकिलो ६ सय रुपैयाँ

२०७९,आश्विन,१३,बिहीवार १४:०३

261
Shares

लमजुङ । राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ । चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरुपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलो ६ सयमा बेच्न नगरपालिकाले मूल्य तोकेको हो ।

नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम मूल्य निर्धारण समितिबाट खसीबोकाको जिउँदो मासुको मूल्य प्रतिकेजी ६ सय रुपैया निर्धारण भएको जनाएको छ । दसैँतिहार लक्षित गरी यहि १२ र १३ असोजमा राइनास नगरपालिका–१ बोराङखोला र वडा नम्बर ८ को भेटघाट चोकमा हाटबजार सञ्चालन हुने भएको छ ।

यस्तै, वडा नम्बर ६ को गौलिटार बगैँचा र वडा नम्बर ४ कुसुन्डे बगैँचामा १४ र १५ असोज हाटबजार सञ्चालन हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिए । विगतका बर्षमा चाडपर्वको समयमा मासु व्यवसायीले मनलाग्दी मूल्य लिएको भन्दै नगरपालिकाले चाडपर्व लक्षित गरी मूल्य निर्धारण गरेको हो ।

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार १४:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको साउथ एशिया रिजनल मीट नेपालमा सम्पन्न भएको छ ।

काठमाडाैं । हाल विश्व कप फुटबल चलिरहेको र यसका लागि कुनै पनि स्कुटर किन्ने ग्राहकले MI 32″ आकर्षक टीभी उपहारको

दाङ । कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको

चितवन । चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै

ताजा समाचार

स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज
 २०७९,मङ्सिर,१५,बिहीवार २०:३४