१९ मङ्सिर २०७९, सोमवार

प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान

२०७९,आश्विन,१३,बिहीवार १३:१५

99
Shares

धनगढी । दसैँका लागि घर जान चाहने यात्रुको सुरक्षाका लागि प्रहरी सहायता कक्ष निर्माण गरिए पनि यात्रु भने सुरक्षित बन्न सकेका छैनन् । टिकटका लागि बसपार्क पुग्ने यात्रु यातायात मज्दुरको व्यवहारका कारण समस्यामा पर्न थालेका हुन् ।

‘बस्पार्क छिर्ने बित्तिकै मेरो गाडीमा आउ भन्नेको लाइन हुन्छ,’ डोटीका लागि टिकट काट्न धनगढी बसपार्क पुगेका शिव फुलाराले भने, ‘टिकट काउण्टरमा जानै दिंदैनन्, बाहिरै तानातान हुन्छ ।’ बसपार्कमा नजिकै प्रहरी खटिएका भए पनि उनीहरूले यातायात व्यवसायीको व्यवहारका बारेमा खास्सै चासो नदेखाउने गरेको उनले बताए ।

‘प्रहरीकै अगाडी यात्रुको बार्गेनिङ हुन्छ, यात्रुको तानातान हुन्छ,’ उनले भने, ‘तर उनीहरूले केही भन्दैनन्, सहायता कक्ष सञ्चालन गरेको कुनै अर्थ नै छैन ।’ अछामका रोजेन्द्र साउदले पनि बसपार्कमा टिकट काट्नै समस्या भएको बताए । ‘टिकटका लागि काउण्टर जान नपाउँदै एक्स्ट्रा गाडीमा राम्रो सिट छ, सस्तोमा गाडी पाइन्छ भन्दै बार्गेनिङ हुनेगरेको छ,’ उनले भने, ‘यस विषयमा प्रहरको ध्यान जानु आवश्यक छ ।’

प्रहरीले भने यात्रुलाई दुर्व्यवहार भएको बारेमा हालसम्म कुनै उजुरी नआएको जनाएको छ । यात्रुकै सुरक्षाका लागि भनेर जिल्लाका नौ स्थानमा यात्रु सहायता कक्षा राखिएका छन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज वकिलबहादुर सिंहले भने, ‘ती क्षत्रबाट अहिलेसम्म त्यसतो कुनै गुनासो आएको छैन, गुनासो आएमा त्यसो गर्नेलाई तत्काल कारबाही गरिने छ ।’

सवारीमा यात्रुको तानातान हुन नदिन, विचौलियाबाट किटकमा हुने कालोबजारी रोक्न, क्षमताभन्दा बढी यात्रु राख्न नदिन यात्रु सहायता कक्ष स्थापना गरिएको उनले बताए । त्यसका साथै सवारीको प्राबिधिक चेकजाँच गर्ने व्यवस्था समेत मिलाइएको उनले बताए ।

बस छुट्न अघि त्यसको कण्डिसन कस्तोछ, कहिले सर्भिस गरिएको हो भन्ने बारेमा जानकारी लग्न यातायात व्यवस्था कार्यालयको सहयोगमा बसपार्कमै यातायात इन्जिनियर राखेर सवारीको चेकजाँच गर्ने व्यवस्था गरिएको इन्चार्ज सिंहले बताए ।

ट्राफिक प्रहरीले धनगढी बसपार्क, त्रिनगर प्रहरी चौकी, गोदावरी, चौमाला, सुख्खड, लम्की, चिसापानी, टिकापुर र अत्तरियामा यात्रु सहायता कक्षा सञ्चालन गरेको छ । उनका अनुसार हालसम्म प्राविधिक टोलीले ३९ सवारीको चेकजाँच गरेका छन् ।

उनले क्षमताभन्दा बढी यात्रु राखेको पाइएमा तत्काल यात्रु झार्न लगाइने गरेको बताए । ‘बसपार्कबाटै बढी यात्रु राख्न नदिएपछि बाटोमा समस्या हुँदैन,’ उनले भने, ‘त्यसैले हामीले बसपार्कमै कडाई गरेका छौं, बाटोमा चेकजाँच गर्दा बढी यात्रु भेटिएको पाइएमा पनि झार्ने गरेका छौं ।’

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार १३:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् । नेपाल प्रहरी सिंहदरबार

काठमाडौं । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वल्र्ड कप

काठमाडौं । काठमाडौं वेयर हाउस एण्ड डिस्ट्रिब्युशन सेण्टरले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल कुरियर सेवा संघसँग सम्झौता गरेको छ

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

ताजा समाचार

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५
माओवादी बैठकमा विशेष महाधिवेशनको माग
 २०७९,मङ्सिर,१८,आईतवार १९:४६