दोधारको मनस्थितिमा बाबुराम !

लोकपथ
0
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् । यसअघि गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी मंसिर ४ गते प्रतिनिधि सभा चुनाव आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् ।

सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा २ माओवादीको भागमा परिसकेकाले भट्टराईलाई चुनाव लड्न समस्या छैन । तर, उनले आगामी चुनावमा युवालाई अघि सारेर आफू वैचारिक क्षेत्रमा काम गर्न बताउने गरेका छन् । ‘बाबुराम सरको कुरा पूर्व प्रधानमन्त्री र ७० पुगेका वा नजिक भएका नेता चुनाव नलडऔं ।

हामीले अभिभावकीय भूमिका निर्वाह गरौं भनिराख्नु भएको छ’ भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने, ‘त्यसैले, आफू नलडेर युवालाई अघि सार्न खोज्नु भएको छ । आगामी चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा निर्णयमा पुगि सक्नु भएको छैन ।’ भट्टराई आगामी चुनाव/नलड्ने भन्ने विषयमा पार्टीभित्र छलफल चलाएका छन् ।

पार्टीका कतिपय नेताहरुले उनी आफ्नो छोरी मानुषी यामी भट्टराईलाई काठमाडौंबाट टिकट दिलाएमा छोड्न सक्ने बताएको छ । उनी २०६४ सालदेखि निरन्तर गोरखाबाट चुनाव जित्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?