१५ मङ्सिर २०७९, बिहीवार

डेंगुबाट भएको रगत अभावलाई मध्यनजर गरी रक्तदान

२०७९,आश्विन,१३,बिहीवार १२:३०

81
Shares

भक्तपुर । डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आयोजनाले गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर भक्तपुर–१० मूलढोका कमलविनायक भक्तपुरको दोस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको जनाइएको छ ।

भक्तपुरको गठ्ठाघरमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमले संस्थाले निरन्तर सामाजिक उतरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएकोमा यो पटक डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम गरेको जानकारी गराए ।

एक पाइला मानवताका लागि भन्ने नाराका साथ कार्यक्रम गरेको उनले जनाए । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँंका साथै देशका विभिन्न जिल्लामा उपभोक्ताको सुविधाका लागि यस्ता गार्डेन मार्टहरू सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार १२:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौंका नाइट क्लब तथा होटल रेस्टुरेन्ट सञ्चालनको समयसीमा हेरफेर भएको छ । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी धनश्याम

काठमाडौं । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ संक्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रदेश

काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले निर्वाचनका क्रममा चार वटा परिस्थिति देखा परे कसैलाई नसोधी गोली चलाउन निर्देशन दिइएको

ताजा समाचार

स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज
 २०७९,मङ्सिर,१५,बिहीवार २०:३४