दसैँ, तिहार र छठमा मानवअधिकार आयोगको कार्यालय खुला रहने

लोकपथ
104
Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दसैँतिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला रहने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दसैँतिहार तथा छठ बिदाका दिनहरुमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।

‘आम नागरिकको मानवअधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झै यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?