१२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

लोकपथ
77
Shares

काठमाडौं । बिहीबार बजारमा सुनको मूल्य एकै दिन १२ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १२ सय रुपैयाँले बढ्दै ९२ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?