२१ मङ्सिर २०७९, बुधबार

मेक्सिकोमा बन्दुकधारीद्वारा ६ प्रहरी अधिकारीको हत्या

२०७९,आश्विन,१३,बिहीवार ११:२६

9
Shares

काठमाडौं । उत्तरी मेक्सिकोमा बन्दुकधारीहरूले बुधवार ६ जना प्रहरी अधिकारीको गोली हानेर हत्या गरेका छन् । क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला पाँच प्रहरी अधिकारीको गोली हानेर हत्या भएको हो ।

जाकाटेकास राज्यमा बन्दुकधारीले आक्रमण लगत्तै घटनास्थलमा पुगेका थप दुई कानून प्रवर्तन अधिकारीहरूलाई पनि गोली हानेका थिए । तिमध्ये एक जनाको मृत्यु भएको छ । आक्रमणमा लागुऔषध तस्करको संलग्नता रहेको अनुमान गरिएको छ ।

गत जनवरीमा जाकाटेकास राज्यको राजधानीमा गभर्नरको दरबारको अगाडि छोडिएको खेलकुद उपयोगिता गाडीमा १० शव फेला परेका थिए । यसैबीच, पछिल्लो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार ११:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जर्मनीमा सरकार अपदस्थ गर्ने षडयन्त्र गरेको भन्दै २५ जनालाई पक्राउ गरिएको छ । जर्मन प्रहरीले देशका विभिन्न ठाउँबाट उनीहरुलाई पक्रेको

काठमाडौं । अर्जेन्टीनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । ६९

काठमाडौं । विश्व ब्याङ्कले अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडीए)बाट सहुलियतपूर्ण वित्तीय सहयोग प्राप्त गर्न श्रीलङ्काको योग्यता पुगेको बताएको छ । अतिकमजोर

काठमाडौं । कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये

ताजा समाचार