रवीन्द्र मिश्रले भोलि उम्मेदवारी घोषणा गर्दै

लोकपथ
130
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

बुधबार राप्रपा प्रवेश गरेका मिश्र शुक्रबार (भोलि) उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

शुक्रबार दिउँसो साढे १२ बजे नयाँ बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यांकेटमा उम्मेदवारी घोषणा गर्न लागेको बताएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा तत्कालिन साझा विवेकशीलबाट काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनले राम्रो मतसहित प्रतिष्पर्धा गरेका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग १ हजार मतान्तरसहित पराजित उनले आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?