२१ मङ्सिर २०७९, बुधबार

पोखरामा साल्ट ट्रेडिङको दसैँ बजार, १८ रुपैयाँमा नुनको ब्यापार

२०७९,आश्विन,१३,बिहीवार ११:१२

45
Shares

पोखरा । सुपथ मूल्यको सामान बेच्न सरकारले नै सन्चालन गरेको साल्ट ट्रेडिङ कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयले यो वर्ष नुन मात्रै बेच्ने भएको छ । ट्रेडिङका अन्य शाखाहरुले उपभोग्य सामग्री सस्तोमा बेचिरहेका बेला पोखराले भने नुनबाहेक अरु नबेच्ने भएको छ ।

दसैँ, तिहार र छठ पर्वका लागि हरेक वर्ष साल्ट ट्रेडिङले सुपथ सामग्री बेच्छ । यसअघि खसीबोकादेखि चामलसम्म बिक्री गरेको साल्टले अहिले नुन मात्रै बेच्न लागेको हो । चिनि र अन्य सामान आयात नहुँदा नुन मात्रै बेच्न लागिएको कार्यालय प्रमुख बासुदेव उपाध्यायले जानकारी दिए ।

प्रतिकिलो नुनको मुल्य १८ रुपैयाँ छ । प्रत्येकले ६ किलोका दरमा नुन खरिद गर्न सक्ने उनले बताए । ‘पहिले सुपथ मुल्याका पसल चलाएका थियौं । अहिले नुन मात्रै आयात भयो । चिनि र अरु सामान आएन,’ उनले भने, ‘यो दसैंमा नुन मात्रै बेच्छौं ।’ अघिल्लो वर्ष ३ किलो नुन र ३ किलो चिनि बिक्री गरेको थियो ।

त्यसअघि चामल, गेडागुडी,नुन, तेल, चिनी, साबुन लगायत दैनिक उपभोग्य बस्तुहरु विक्री गर्थ्यो । बजारमा नै सामान सजिलै पाइने भएकोले आफूहरुले जोड नगरेको उनले बताए । चाडवाडमा बजाम महँगो हुने भएकोले कर्पोरेसनले नै सामान बेच्दा उपभोक्ताको विश्वास पाएको उनले सुनाए ।

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार ११:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा पछिल्लो समय चारपाङ्ग्रे सवारीप्रतिको क्रेज बढ्दो छ । यद्यपि, जेठदेखि सरकारले नयाँ गाडीको आयातमा प्रतिबन्ध लगाएसँगै गाडी बजार यतिबेला

काठमाडौं । धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्तिका लागि पहल गर्नुपर्नेलगायत विभिन्न सातबुँदे माग सरकारसँग राखिएको छ ।

काठमाडौं । जाडो महिनासँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका

पाल्पा । रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो ।

ताजा समाचार