२१ मङ्सिर २०७९, बुधबार

दक्षिण अफ्रिकामाथि भारतको जित

२०७९,आश्विन,१३,बिहीवार १०:४६

45
Shares

काठमाडौं । पहिलो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई आठ विकेटले हराएको छ । यस जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको एक सय सात रनको लक्ष्य भारतले १६.४ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गरेको हो ।

भारतका ओपनर केएल राहुलले अविजित ५१ र सुर्यकुमार यादवले अविजित ५० रन जोडे । यसअघि टस हारेर ब्याटिङका लागि आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनायो ।

दक्षिण अफ्रिकाका केशव महारेजले सर्वाधिक ४१ रन बनाए । यस्तै, आइदेन मार्करमले २५ र वेनी पर्नेलले २४ बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, दीपक चहर र हर्षल पटेलले समान दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट हात पारे ।

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार १०:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हरिनगर । हरिनगर गाउँपालिका सुनसरीको प्रशासनीक भवन निर्माण कार्यलाई द्रुत गतिमा सम्पन्न गर्न लागिएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

काठमाडौं । खाद्यान्न बोकेर हुम्लाका लागि उडेको तारा एअरको जहाज चरासँग ठोक्किएको छ । बुधबार बिहान ११:३७ मा नेपालगन्जबाट हुम्लाको

बुटवल । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्ण

ताजा समाचार