२१ मङ्सिर २०७९, बुधबार

दसैँ लागेसँगै हरेक दिन एक लाखले काठमाडौं छाड्दै

२०७९,आश्विन,१३,बिहीवार १०:३९

126
Shares

काठमाडौं । दसैँ लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु बाहिरिन थालेका छन् ।

घटस्थापनादेखि बुधवारसम्म मात्र तीन लाखभन्दा बढी यात्रु सडक यातायात मार्फत बाहिरिएका छन् । यो संख्या झनै बढ्ने आकलन गरिएको छ । शुक्रवारपछि दसैँको सार्वजनिक बिदा सुरु हुने भएकाले यो अवधिमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या अझै धेरै हुने ठानिएको छ ।

ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्छन् । यसपटक दसैँको बेला झन्डै २० लाखले उपत्यका छाड्ने आंकलन गरिएको छ  ।

ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार १०:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

काठमाडौं । खाद्यान्न बोकेर हुम्लाका लागि उडेको तारा एअरको जहाज चरासँग ठोक्किएको छ । बुधबार बिहान ११:३७ मा नेपालगन्जबाट हुम्लाको

बुटवल । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्ण

म्याग्दी । म्याग्दीमा निर्माणाधीन २० ठूला विकास निर्माणका योजना अलपत्र परेका छन् । सङ्घीय र प्रदेश सरकारका यी योजनामा सडक,

ताजा समाचार